कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् ।
प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मधयेवाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० हजार रुपैया पाउँछ । प्रमुख पराजुलीले आगलागीवाट शरीर जलेकी उतरा चटर्जीलाई ५० हजार रुपैया सहयोग गरेका थिए ।
आज बसेको विराटनगर महानगरपालिकाको कार्यकारणी बैठकले स्थापना गरको कोराना कोषलाई मेयर पराजुलीले सो रकम प्रदान गरेका हुन् ।
उनले पहिलो वर्षको तलब–सुविधा विराटनगर–१ स्थित सयपत्री र दोस्रो वर्षको विराटनगर–१९ स्थित जागृति आधाभूत विद्यालयलाई प्रदान गरेका थिए ।
विराटनगर महानगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि एक अर्ब बराबरको कोरोना राहत कोष खडा गर्ने निर्णय गरेको छ । उक्त्त कोषमा महानगरका सबै जनप्रतिनिधिहरूले एक महिनाको तलब, सेवा र सुविधावापतको रकम प्रदान गरेका छन् ।