सोमबार, चैत्र १७, २०७६ || 620  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले रु २ करोड २९ लाखको कोष बनाएका छन् । जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले छुट्टा छुट्टै रुपमा रु १ करोड ९ लाखको कोष बनाएका हुन् । बेनी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु पचास लाखको कोष स्थापना गरेको छ भने अन्नपूर्ण गाउँपालिकाले रु ७० लाखको र धवलागिरि गाउँपालिकाले रु ५० लाखको कोष स्थापना गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ । त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मिक कोषमा रु ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोष स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो । गाउँपालिकाले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । ८ वटै वडामा क्वारेनटाइन बनाउनका लागि आवश्यक सामगी्र खरिद गरि तीन वटा टोली मार्फत सामान पु¥याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ रोकथामका लागि रु २० लाखको कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!