काठमाडौं, असोज २४ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, समावेशी र प्रभावकारी बनाउने उद्देश्यले आज निर्वाचन आयोग र युवा अभियानबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरू सहभागी छलफलमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्ने, मतदाता शिक्षा र जागरुकता बढाउने तथा भयमुक्त निर्वाचन वातावरण बनाउने विषयमा विशेष जोड दिइएको थियो।
छलफलका क्रममा आयुक्त भण्डारीले अघिल्ला निर्वाचनहरूमा पनि युवा अभियानसँग प्रभावकारी सहकार्य भएको स्मरण गर्दै यसपालि झन गहिरो सहकार्य आवश्यक रहेको उल्लेख गरे। आयोगले युवाहरूको सक्रिय भूमिकाले निर्वाचन प्रक्रियालाई थप विश्वासिलो र सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। “निर्वाचन प्रक्रियामा युवाको सक्रिय भूमिका महत्वपूर्ण छ,” – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी