काठमाडौ।नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफूले राजीनामा दिन्छु भनेर आएको समाचारलाई भ्रामक भनेका छन् । आज (शुक्रबार) प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ती जारी गर्दै खण्डन गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र आफूबीच सुरक्षा चूनौतिहरुको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको जनाईएको छ । आईजिपी खापुङ्गले कहीँ कतै राजीनामा दिने आशय झल्कने अभिव्यक्ति नदिएको पनि सचिवालयको दाबी छ ।