भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३५ पुगेको छ । सोमबार ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३५ पुगेको हो । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।

उनीहरुको सोमबार कोरोनाका कारण मृत्युको पुष्टि भएको जनाइएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै,आजै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् । पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म भारतमा ११ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!