मंगलबार, मंसिर २४, २०७६ || 1877  पटक पढिएको

प्रकाश पाक्साँवा
हिपमत डटकम
तेह्रथुम २४ मंसिर

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामा रहेको ऐतिहाँसिक चो?ल् पार्कमा भब्य चो?ल् मेलाको भब्य रुपमा आयोजना हुने भएको छ । लिम्बु समुदायको चो?ल् अथर्ता सिद्धी प्राप्ती गर्ने स्थानको रुपमा चिनीएको पार्कमा यसबर्ष पनी भब्य मेलाको आयोजना गर्न लागिएको लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ्गले पत्रकार सम्मेलन मार्फत बताउनु भयो । आईतबार पार्कमै पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागीएको बताउनु भएको हो । आगामी पुष तिन गते देखी करिब एक साता सम्म लाग्ने मेलाको पहिलो दिन पुर्ब कुलपती तथा नेपाली भाषा साहित्य जागतका प्रख्यात ब्याक्ती लिबिक्रम नेम्बाङ्ग (बैरागी काईला)द्धारा युमा संग्रालयको उद्धघाटन बास्तुप्जा (अक्वानापुजा गरेर गरीने हिमलिली अर्थात घरपैचो त्यही दिन गरीने भएके छ । त्यस्तै सोही दिन च्याब्रुङ्ग,धाननाच,छेलो हान्ने, मेवाखोला फावाखोलाका (येवा साम्वा र देवारी आएर अनुष्ठान गुरु गर्न भएका छन । त्यस्तै ४ गते देखी राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । पार्कमा बिगतका बर्षदेखी नै मेला लाग्दै आएको छ । पार्कमा विशेष गरेर लिम्बू समुदायको जन्म,मृत्यु, विवाह, उधौली, उभौली जस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्यक्रमको आयोजना वर्षभरि नै गरिनेछ । पार्कमा यी पर्व र संस्कारका लागि चाहिने आवश्यक समान समेत राखिनेछ । लिम्बू जाति प्रकृतिपूजक मानिन्छन । लिम्बू जातिले ढुंगा र माटोलाई विशेष पूजाआजा गर्छन । ढुंगालाई विशेष देवताको रूपमापूजा गर्ने लिम्बू जातिको धेरै पुरानो संस्कार हो ।लिम्बू समुदायको धर्मग्रन्थकोरूपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्व दिइएको छ । जन्मदा होस वा मृत्यु हुँदा, लिम्बू जातिले ढुंगालाई प्रयोग गर्छन । पार्कमा लिम्बू जातिको जन्मदेखि मृत्यु संस्कारसम्ममा प्रयोग हुने ढुंगाहरू देश–विदेशबाट संकलन गरेर राख्ने काम पनि भइरहेको मुन्धुमका जानकार समेत रहेका नगरपालिकाका मेयर माबोहाङले बताउन्भयो । पार्कलाई लिम्बूहरूको चोत्लुङ ९सिद्धिस्थलको रूपमा विकास गरिएको छ ।जन्मदेखि मृत्युसम्म लिम्बू जातिको संस्कार पृथक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!