हिपमत डटकम

बिहिबार, आश्विन ०२, २०८२ || 1378  पटक पढिएको

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन्। उनीहरूले बिहीबारदेखि पार्टी छोडेको घोषणा गरेका हुन्।

राजीनामा दिनेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघ संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघ संयोजक सीके सिंह, सुदूरपश्चिम संयोजक राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बम छन्।

बुधबार मात्र उनीहरूले पार्टी अध्यक्ष सीके राउतलाई २४ घन्टे अल्टिमेटम दिँदै राजीनामा माग गरेका थिए। तर, राउतले नेतृत्व नछाडेपछि उनीहरूले पार्टी छाडेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!