रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउन का कारण गरिव परिवार हरु बडि मात्रामा प्रभाव परेको हुनाले उनिहरु का लागि राहत प्याकेज वितरण गर्ने तयारी गरेको मेयर दिलिप बगडिया ले बताए । विश्व महामारी को रुपमा फैलिएको काेराेना भाईरस का कारण लकडाउन एक साताको अवधि समाप्त भए पछिल्लो पुन नेपाल सरकारबाट फेरि साता दिनकाे अवधि थप भएको हुँदा यस नगरपालिका भित्र रहेका अति विधन्न परिवार र ज्यालादारी मा काम गरी बिहान बेलुका छाक टार्न अति नै कष्टकर भएको हुनाले एक घर धुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने भएको छ । नगरपालिकाले पहिचरणमा ४ हजार प्रतिबाेरा राहत बितरण गर्ने र अपुग भएमा पुन खरिद गरेर बितरण गरिने समेत बताए । सर्वदलिय बैठक ले यस रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई हाल काममा नलगाउने र तिनिहरुको घर वसेको अवधिभरका दिन मा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

साथै भारतबाट आएका मजदुरहर लाई उद्योग बाट बाहिर नजाने गरी उद्योग को हाता भित्र रहि काममा लगाउन समेत निर्णय समेत गरेको छ । नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्था हरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा आवश्यक व्यवस्था मिलाई तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने समेत निर्णय गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!