सोमबार, चैत्र १७, २०७६ || 747  पटक पढिएको

लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिभरीको व्यवस्था गर्नसमेत अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरीदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । पोशाक भत्ता कोषमा जोरायल गाउँपालिका वडा नं ५ गड्सेरावासी तथा शिक्षक तीर्थराज भण्डारीले आफूले पाउँदै गरेकोको सरकारी शिक्षक पोशाक भत्तावापतको रु दश हजार नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । शिक्षक भण्डारी हाल भक्तपुर जिल्लास्थित गणेश माध्यमिक विद्यालय सूर्यविनायक नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!