मंगलबार, मंसिर २४, २०७६ || 2020  पटक पढिएको

राम प्रेम यादव
हिपमत डटकम
बिराटनगर,मङ्सिर २४

दिगो विकासको आधार, सबैका लागि मानव अधिकार भन्ने मुल नाराका साथ आज सामाजिक बिकाश मन्त्रि जिवन धिमिरेको प्रमुख आतिथ्यमा राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले आफ्नो ७१ औ स्थापना दिवस बिराटनगरको होटल श्री कृष्णमा मनाएको छ।

प्रदेश नं- १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले फुलको गमलामा पानी हालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाको मेयर भिम पराजुली , प्रमुख जिल्ला अधिकारी , सुरक्षाकर्मी ,बिभिन्न पार्टीका प्रतिनिधि एवम १० भन्दा बढी समाजिक संघ संस्थाका प्रतिनिधि,समाजसेवीहरू,बिधार्थीहरुको सहभागिता रहेको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो ७१औ स्थापना दिवसको अवसरमा लामो समयदेखि मानव अधिकार क्षेत्रमा काम गरीररहनु भएका मंजीता उप्धाय र उमेश विश्वकर्मालाई सम्मानित समेत गरेको छ। उहाँहरुले बिगत दुई दसकदेखि मानव अधिकार क्षेत्रमा क्रियाशील रहेर काम गर्दै आईरहनु भएको छ । प्रदेश नं-१ का समाजिक बिकास मन्त्री जिवन घिमिरेले फुलको माला, अबिर लगाएर सम्मानपत्र प्रदान गर्नु भएको हो।
कार्यक्रमको उदघाटन सत्र मानव अधिकार सञ्जाल, बिराटनगरका संयोजक डिकप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
(परिक्षार्थी)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!