बीरेन्द्रकुमार साह

सोमबार, भाद्र १६, २०८२ || 1200  पटक पढिएको

बिराटनगर । एशियन थाई फुड्सले नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ। मसालेदार स्वादका लागि विशेष रूपमा तयार गरिएको यो नुडल्स आइतबारदेखि देशभरका प्रमुख पसल तथा अनलाइन प्लेटफर्म मार्फत उपलब्ध भएको कम्पनीले जनाएको छ।

२५ वर्षदेखि खाद्य उत्पादन र निर्यातमा सक्रिय एशियन थाई फुड्सले हालसम्म ३० भन्दा बढी देशमा आफ्ना उत्पादन पुर्‍याउँदै आएको छ। ‘नेपालकै सबैभन्दा मिठो स्वाद, यो डेभिलीसिअस छ’ भन्ने ट्यागलाइनसहित ल्याइएको नयाँ नुडल्स मसालाको सन्तुलित मिश्रण र तीव्र स्वादको अनुभव दिन डिजाइन गरिएको कम्पनीका निर्देशक आशिष जाजुले जानकारी दिए।

उनका अनुसार ‘डेभिल्स हट चिकेन नुडल्स’ विशेषगरी मसालेदार स्वाद रुचाउने ग्राहकका लागि लक्षित गरिएको हो। एक प्याकेटको मूल्य ५० रुपैयाँ तोकिएको छ भने पाँच प्याकेटको फ्यामिली प्याक २५० रुपैयाँमा उपलब्ध हुनेछ। प्रत्येक प्याकमा चकलेट वेफरसमेत राखिएको छ, जसले उपभोक्तालाई फरक स्वादको अनुभव दिने कम्पनीको दाबी छ।

व्यवस्थापकीय निर्देशक महेश जाजुका अनुसार निजी लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको कम्पनीले निकट भविष्यमै आईपीओ ल्याउने तयारी गरेको छ। उनले भने, “हाम्रो लक्ष्य नेपाली उपभोक्ताको रुचिअनुसार नयाँ स्वाद दिनु र नवप्रवर्तनलाई निरन्तरता दिनु हो। डेभिल्स हट चिकेन नुडल्सले हाम्रो ब्रान्डको बोल्ड र सन्तुलित स्वादलाई थप मजबुत बनाउनेछ।”

एशियन थाई फुड्सले दशकौँदेखि उच्च गुणस्तरका एसियाली खानाका उत्पादन बजारमा ल्याउँदै आएको छ। गुणस्तर र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले निर्यात बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!