वीरगञ्जमा हैजाको जोखिम उच्च बन्दै गइरहेको बेला संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आइतबार नारायणी अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्था अवलोकन गरेका छन्।
पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेपछि मन्त्री यादव अस्पताल पुगेका थिए। उनले अस्पताल प्रशासनसँग हैजाको संक्रमण नियन्त्रण, उपचार प्रक्रिया र आवश्यक पूर्वाधारबारे जानकारी लिएका थिए।
मन्त्री यादवले सरोकारवाला निकायहरूलाई स्वास्थ्य संकट न्यूनीकरणमा थप सक्रिय हुन निर्देशन दिएका छन्। उनले खानेपानी, सरसफाइ र जनचेतना अभिवृद्धिका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।