हिपमत डटकम

मंगलबार, भाद्र ०३, २०८२ || 1473  पटक पढिएको

बिराटनगर– गिरि फाउन्डेसनका अध्यक्ष तथा कोशी सुधार अभियानका संयोजक अभिषेक गिरिले बिराटनगर–१० निवासी सीता देवी मण्डललाई घर निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गरिएको यो सहयोग आर्थिक अभावका कारण सुरक्षित आवास बनाउन नसकेकी मण्डलको जीवनमा राहतको किरण बनेको छ।

स्थानीयको आग्रहपछि घरको अवस्थाबारे जानकारी लिएका गिरिले आफैँ घटनास्थल पुगेर निरीक्षण गरेपछि सहयोग गर्ने निर्णय गरेका थिए। बर्षायाममा घरको छाना चुहिने, बस्न असहज हुने अवस्था रहेको देखेपछि उनले छोरासहित मण्डललाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै गिरिले “समाजमा दुःख पाउनेलाई हातेमालो गर्नु हाम्रो कर्तव्य हो । यसरी सहयोग गर्दा मात्रै समाज रुपान्तरणतर्फ अघि बढ्छ,” गिरिले कार्यक्रममा बताए । स्थानीयवासीहरूले यो कार्यलाई प्रशंसनीय बताउँदै निरन्तर यस्ता सामाजिक अभियान अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!