मंगलबार, मंसिर २४, २०७६ || 1010  पटक पढिएको

हिपमत डटकम
ईटहरी, मंसिर २४।

‘छ माया छपक्कै’ को सफलतापछि नेपाली चलचित्रमा अभिनेत्री केकी अधिकारीको माग पुनः एकपटक चुलिएको छ । यसबीच, उनले नयाँ चलचित्र ‘चालबाज’ साइन गरेकी छन् । यो फिल्मको शनिबारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । गएको शुक्रबार कालेबुङको मिरिकमा पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरिएको थियो ।

दार्जिलिङबाट चलचित्रको छायांकन सुरु भएको हो । अरुण तामाङको लगानीमा बन्न लागेको चलचित्रलाई कैलाश राइले निर्देशन गर्दैछन् । चलचित्रमा नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । यी कलाकारको साथमा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।

सौरभ लामाको काँधमा चलचित्र खिच्ने जिम्मेवारी छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा यो चलचित्रको निर्माण हुन लागेको हो । कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहने चलचित्रका गीत विपिन किरणले लेखेका छन् । ‘चालबाज’ लाई सस्पेन्स लभस्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी चलचित्रलाई लिएर उत्साहित छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!