विराटनगर । उद्घोष दैनिकको २१औं वार्षिकोत्सवको अवसरमा उद्योगी महेश जाजुलाई सम्मान गरिएको छ। सोमबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजुलाई उत्कृष्ट विज्ञापनदाता सम्मान प्रदान गर्नुभयो।
एशियन थाइफुड्स प्रालिका निर्देशक समेत रहेका जाजुले आफ्ना उत्पादनहरूको प्रचार–प्रसारका लागि उद्घोष दैनिकसहित विभिन्न सञ्चार माध्यममा व्यवसायिक विज्ञापन प्रदान गर्दै निरन्तर सहयोग गर्दै आएका छन् ।
जाजु र सारडा ग्रुपको संयुक्त लगानीमा चाउचाउ, बिस्कुट, चकलेट, जुसलगायतका खाद्य सामग्री उत्पादन हुँदै आएका छन्।