काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
प्रधानमन्त्री ओलीले संसदमा विदेश भ्रमणको अनुभव र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम तय भएको उनका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए।
प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा गएका थिए। सो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली केही दिनअघि मात्र स्वदेश फर्किएका हुन्।