हिपमत डटकम

मंगलबार, साउन २८, २०८२ || 165  पटक पढिएको

विराटनगर, भदौ २७ — पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। गएराति गरिएको मापनअनुसार कोसी ब्यारेज हुँदै बग्ने पानीको बहाव १ लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

पानीको बहाव उच्च भएका कारण सप्तकोसीमा रहेका ५६ ढोकामध्ये १९ वटा ढोका खोलिएको छ। साथै, खतराको संकेतस्वरूप रातो बत्ती पनि बालिएको छ।

सप्तकोसी ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहरसहित कुल ५६ ढोका रहेका छन्। सामान्यतः कोसी ब्यारेज हुँदै बग्ने पानीको बहाव जब प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघ्छ, त्यसपछि रातो बत्ती बालेर सतर्कता अपनाउने व्यवस्था गरिएको छ।

बढ्दो बहावका कारण कोसी आसपासका क्षेत्रमा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। संभावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयबासीलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सार्न सशस्त्र प्रहरीले तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!