हिपमत डटकम

आइतबार, साउन २६, २०८२ || 7709  पटक पढिएको

विराटनगर।  नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले यस वर्षको कृष्णजन्माष्टमीका लागि भव्य तयारी गरेको छ। साउन ३१ गते शनिबार विराटनगरको जैन भवनमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। इस्कोन विराटनगरले आइतबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो।

इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीका अनुसार, बिहान ५ बजेदेखि राती १ बजेसम्म चल्ने कार्यक्रममा मंगल आरती, सामूहिक जप, गुरु पूजा, श्रीकृष्ण कथा, महानसिंह यज्ञ, अभिषेक र कीर्तन जस्ता आध्यात्मिक गतिविधिहरू समावेश गरिनेछन्।

यस अवसरमा अन्तरविद्यालय चित्रकला र नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ। चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। नृत्य प्रतियोगिताका विजेताले भने ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ पाउनेछन्। यी प्रतियोगितामा मोरङ जिल्लाभरिका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूले भाग लिन पाउनेछन्।

कार्यक्रममा सहभागी हुने २० हजार भक्तजनलाई महाप्रसाद वितरण गर्ने लक्ष्य राखिएको छ। इस्कोनले गत वर्ष १२ हजार भक्तजनले कार्यक्रममा सहभागिता जनाएकोमा यस वर्ष त्यो संख्या २० हजार पुग्ने अपेक्षा गरेको छ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथि र कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्ट विशिष्ट अतिथिको रूपमा उपस्थित हुनेछन्।

यसका साथै, भदौ १ गते आइतबार विराटनगरमा निस्कने ५८औं श्रीराधाकृष्ण रथयात्रामा पनि इस्कोन विराटनगरले झाँकीसहित सहभागिता जनाउनेछ। कृष्णजन्माष्टमी र रथयात्रा दुवै कार्यक्रमका लागि करिब २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!