हिपमत डटकम

आइतबार, साउन २६, २०८२ || 1714  पटक पढिएको

२५ साउन, सुनसरी-  लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड २ लाख ४३० क्यूसेक पुगेको हो।

मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये हाल २८ ढोका खोलिएका छन्।

प्रवाहित पानीको मात्रा १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बालिने प्रावधानअनुसार कन्ट्रोल रुमले रातो बत्ती बालिएको जनाएको छ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको जानकारी प्रहरी उपरीक्षक थापाले दिनुभएको छ। पछिल्ला केही दिनदेखिको लगातार वर्षाले जलसतहमा तीव्र वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!