विराटनगर।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सद्भाव, धार्मिक आस्था र पारिवारिक एकताको सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार एक शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले समृद्ध रहेको उल्लेख गर्दै यस्ता परम्परागत चाडपर्वहरूले सामाजिक समरसता र आपसी समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन् ।
‘जनैपूर्णिमाजस्ता सांस्कृतिक पर्वहरूको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो भन्नेमा म दृढ छु,’ सन्देशमा उल्लेख छ । जनैपूर्णिमाको दिन दाजुभाइहरूले नयाँ जनै धारण गर्ने, दिदीबहिनीहरूबाट रक्षा बाँध्ने र मान्यजनहरूबाट आशीर्वाद लिने परम्परा नेपाली धार्मिक र सामाजिक संस्कारसँग गहिरो सम्बन्धित रहेको कोइरालाले बताएका छन् । यस्ता पर्वहरूले आत्मीयता, कर्तव्यबोध र परस्पर सम्मानको भावना सुदृढ गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
सन्देशमा नेवार समुदायका लागि यो पर्व गाईजात्रासँग जोडिएको सांस्कृतिक महत्वसमेत बोकेको उल्लेख छ । विभिन्न संस्कृतिहरूको समागम भएको नेपाली समाजमा यस्ता चाडपर्वहरूले सहअस्तित्व र आपसी समझदारीलाई बलियो बनाउने विश्वास प्रमुख कोइरालाले व्यक्त गरेका छन् ।
जनैपूर्णिमा तथा रक्षाबन्धन २०८२ को पावन अवसरले सम्पूर्ण नेपालीमा धार्मिक श्रद्धा, पारिवारिक माया, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।