काठमाडौं, भदौ २३ – उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय संसद भवनको निर्माण कार्यमा विगतका त्रुटिहरू सुधार्दै प्रोजेक्टलाई प्रभावकारी रूपमा अगाडि बढाइने स्पष्ट पारेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा बोल्दै उनले संसद भवन निर्माण समयमा सम्पन्न हुन नसकेको स्वीकार गरे। तर, अब मन्त्रालयका सबै तहसँग समन्वय गर्दै कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री सिंहले भने, “संसद भवनको काम समयमै सकिएन भन्ने तथ्य हो। तर, मन्त्रालयको जिम्मेवारी सम्हालेपछि इन्जिनियर, डिजी, सचिवहरूसँग बारम्बार छलफल गर्दै अगाडि बढिरहेका छौं। अब विगतका गल्तीहरू सुधार गर्दै कामलाई अगाडि बढाउनुपर्छ।”

त्यसैगरी, शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले कामलाई तीव्रता दिन नियमित अनुगमन र कन्ट्र्याक्टरहरूसँग दैनिक समन्वय भइरहेको जानकारी दिए।

बैठकमा संसद भवन निर्माणको अद्यावधिक कार्यतालिका, प्रगतिका अवस्था र त्यसलाई कार्यान्वयन गर्न मन्त्रालयले चालेका तयारीबारे गहन छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!