हिपमत डटकम

शुक्रबार, साउन २४, २०८२ || 1343  पटक पढिएको

काठमाडौं, भदौ ८ — प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमण सम्पन्न गरी आज (शुक्रबार) स्वदेश फर्किंदै छन्।

ओलीले तुर्कमेनिस्तानको अवाजामा सम्पन्न ‘भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन’ मा सहभागी भएपछि स्वदेश फर्किन लागेका हुन्।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरिसकेका छन्। उनलाई स्थानीय समयअनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका थिए।

ओली दुबई हुँदै आज राति ११ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!