हिपमत डटकम

शुक्रबार, साउन २४, २०८२ || 1199  पटक पढिएको

धादिङ, भदौ ८ — धादिङको गल्छी गाउँपालिका–६ स्थित जरेखेतमा आज बिहान पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। रूखसहितको पहिरो खसेपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन रोकिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, पहिरो पन्छाउनका लागि उपकरणसहित सुरक्षाकर्मीहरू खटाइएको छ। यद्यपि, लगातारको वर्षाका कारण पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

पहिरोका कारण काठमाडौँतर्फ जाने सवारीसाधन गजुरी क्षेत्रमा, भने काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारीसाधन आदमघाटमा रोकिएका छन्।

प्रहरी र स्थानीय प्रशासनले यात्रु र चालकहरूलाई राजमार्गमा पहिरो खस्ने जोखिम उच्च रहेका स्थानहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!