
काठमाडौं, भदौ ८ — संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान ११:१५ बजे संसद भवन, नयाँबानेश्वरमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू तय गरिएको छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। साथै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन्।
त्यसैगरी, बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको जानकारी पनि सभालाई गराउने कार्यसूची समावेश गरिएको छ।