सोमबार, चैत्र १७, २०७६ || 763  पटक पढिएको

कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्वारा जारी गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दे आज हुने सो पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको हो ।

सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि सो कार्यालयले अनुरोध समेत गरेको छ । कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ ।

सन्तान प्राप्ति , निरोगिता , सुखसमृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतिकका रूपमा छठ पर्व कार्तिक र चैत महिनामा मनाइने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!