काठमाडौं, साउन १९। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।

आजको बैठकमा संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ बारे राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी दिने कार्यक्रम छ।

उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११३(३) अनुसार विधेयक संविधान र लोकतान्त्रिक मूल्य–मान्यतासँग असंगत भएको भन्दै ८ दिनपछि पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका थिए।

अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा प्रस्तुत भई निर्णय हुनेछ। त्यसपछि राष्ट्रियसभामा पुन: पठाइनेछ। दुवै सदनले पारित गरेपछि सभामुखमार्फत फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिने संवैधानिक प्रक्रिया रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!