हिपमत डटकम

सोमबार, साउन २०, २०८२ || 648  पटक पढिएको

सुनसरी, साउन १९। अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव तीव्र बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानी बगेको मापन गरिएको थियो।

आज बिहानको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्युसेक रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। ब्यारेजका ५६ ढोकामध्ये २३ ढोका खोलिएको छ।

पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सावधानीका लागि ब्यारेजमा रातो बत्ती बालिने प्रावधानअनुसार अहिले खतरा संकेतस्वरूप बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

२०६५ भदौ २ गते, जब पानीको बहाव एक लाख ६८ हजार क्युसेक पुगेको थियो, सप्तकोशीले पूर्वी तटबन्ध भत्काउँदै ठुलो क्षति पुर्‍याएको स्मरणीय छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!