सोमबार, चैत्र १७, २०७६ || 602  पटक पढिएको

धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए ।

अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् ।

जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका हुन् ।

धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!