विराटनगर। कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन ।विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आर्युबैदिक औषधी उत्पादन गरेका हुन ।

भारतको पतन्जली आर्युबेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समुहले आफनै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स , बाम , सन्चो जस्तै चार प्रकारका गुणस्तरिय औषधी उत्पादन गरेका हुन ।आफनै प्रयोगशालमा आफनै देशमा सहजै पाइने कच्चा पर्दाथ प्रयोग गरेर डा शुक्लाको नेतृत्वमा विद्यार्थीहरुले सन्चो र विक्स अनि विदेशबाट आयात गरिने दुई प्रकारका बाम (लोसन) उत्पादन गर्न सफल भएको र थप औषधी उत्पादन गर्न अनुसन्धान भैरहेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए ।

उनका अनुसार उत्पादित औषधीहरुको नाम मनमोहन ओखती राखिएको र सरकारले प्रबृद्धन गरेमा विश्वविद्यालय आफैले चाँडै बजारमा लैजाने छ । मनमोहन ओखती उत्पादन गर्दा कोशी प्रदेशमै पाइने जडिबुटिहरुको प्रयोग गरिएको छ ।मनमोहनले नेपाली जडिबुटिहरु प्रयोग गरेर मधुमेह रोग उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धि औषधी उत्पादन गर्नेबारे पनि विज्ञहरुको समुहले अनुसन्धान गरिरहेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा एप्लाइड एण्ड हेल्थ साईन्स स्कुल अन्तर्गत स्नातक तहमा फार्मेसी विज्ञानमा पठनपाठन गराइरहेको छ । उक्त्त बिषयमा विद्यार्र्थीलाई व्यहावरिक अनुसन्धानका लागि अमेरिकन प्रविधिमा आधारित आफनै गुणस्तरिय ल्यावहरु निर्माण गरिएको छ ।यसैगरि शीपमुलक र प्राविधिक शिक्षा प्रदान गर्ने र उच्तच शिक्षालाई खोज अनुसन्धानमुलक वनाउन मनमोहनले आफै अनुसन्धान केन्द्र स्थापना गरेको छ । उक्त्त अनुसन्धान केन्द्रमा हाल १० वटा अनुसन्धान भैरहेका छन । अनुसन्धान केन्द्रले विज्ञान प्रविधि , ईन्जिनियरिङ , चिकित्सा , कृषी , बनवतावरणको क्षेत्रमा कोशी प्रदेशका विद्यार्थी र युवा बैज्ञानिकहरुलाई सहयोग गरिरहेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी बर्षदेखी शिक्षण अस्पताल प्राप्त भएसँगै मेडिकल तर्फको विभिन्न प्राविधिक विषयहरु प्नि पठनपाठन गर्नेै तयारी थालेको छ ।विश्वविद्यालयले आफना सबै शैक्षिक पाठयक्रमहरुलाई गुणस्तरिय बनाउन सैद्धान्तिक भन्दा बढि व्यावहरिक प्रयोगमा जोड दिने गरेको छ । रजिष्टार डा दिलनाथ फुँयालका अनुसार विश्वविद्यालयका सबै संकायका शैक्षिक कार्यक्रमहरुमा सैद्धान्तिक ४० र प्राक्टिकलमा ६० प्रतिशतको कोर्ष पठनपाठन हुनेगरेको छ ।

२०७६ मा स्थापना गरेको मनमोहनले आन्तरिक कानुनहरु बनाएर २०७८ देखी ईन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , एप्लाईड हेल्थ स्कुलतर्फ फार्मेसी विज्ञानमा स्नातक र अस्पताल व्यावस्थापनमा स्नातोकोत्तर , कानुनमा देशमै पहिलो पटक विविए एलएलबी स्तानक र स्नातोकोत्तरतर्फ अपराध शास्त्रमा एलएलएम विषयमा पठनपाठन गराइरहेको छ । यसबाहेक आंगिक शिक्षालयमा विभिन्न आठ प्रकारका तीन बर्षे डिप्लोमा तहको पठनपाठन पनि गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!