सुनवर्षी ।सुनवर्षी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६७ करोड १३ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभामा उपप्रमुख मिरा देवी दास केवरतले प्रस्तुत गरेको बजेट “कृषि, शिक्षा, स्वास्थ्य र दिगो पूर्वाधारः समृद्ध सुनवर्षीको आधार” भन्ने नाराका साथ अगाडि सारिएको हो।नगरपालिकाले संघीय सरकार, प्रदेश सरकार, आन्तरिक श्रोत तथा सशर्त अनुदानमार्फत स्रोत संकलन गर्ने जनाएको छ। बजेटमा ४९ करोड २२ लाख ४२ हजार रुपैयाँ चालु खर्चतर्फ र १७ करोड ९० लाख ८० हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

कृषि र पशुपालनमा युवामुखी कार्यक्रम

नगरपालिकाले कृषि तथा पशुपालनलाई व्यवसायिक रूपमा विकास गर्दै युवा रोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले १ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ। सिंचाइका लागि बोरीङ जडान, मोटर वितरण, जैविक विषादी, तरकारी बिउ तथा पकेट खेती कार्यक्रम समेटिएका छन्। पशुपालनतर्फ सामुदायिक कुकुर बन्ध्याकरण, रेविज खोप, व्यवसायिक तालिम र माछा भुरा वितरण कार्यक्रम संचालन हुनेछन्।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा

स्वास्थ्य शाखाका लागि १ करोड ३८ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। डेंगु तथा महामारी रोकथाम, स्वास्थ्य शिविर, सर्जिकल उपकरण, औषधी खरिद लगायतका क्षेत्रमा खर्च गरिनेछ। शिक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिकका कार्यक्रमका लागि २ करोड २० लाख रुपैयाँ र ३० लाख रुपैयाँ छुट्याइएको छ।आर्थिक अवस्था कमजोर भएका मृतकका परिवारलाई किरिया खर्चस्वरूप ७ हजार रुपैयाँका दरले सहयोग गरिनेछ भने विपन्न वर्गका बिरामीका लागि रङ्गेली नगर अस्पतालमा उपचार खर्चको व्यवस्था गरिएको छ।

पूर्वाधार र सुशासनमा ठुलो लगानी

नगरपालिकाले पूर्वाधार विकासका लागि २० करोड १५ लाख रुपैयाँ र संस्थागत विकास तथा सुशासन प्रवर्द्धनमा २१ करोड ६३ लाख रुपैयाँ बजेट छुट्याएको छ। त्यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।बजेट निर्माणमा नगर प्रमुख श्याम प्रसाद राजबंशी, उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी तथा स्थानीय नागरिकको सक्रिय सहभागिता र सुझाव समेटिएको उपप्रमुख दासले बताइन्।
“सीमित स्रोतको अधिकतम सदुपयोग गर्दै समावेशी र प्रभावकारी बजेटमार्फत नगर विकासमा अग्रसर हुने हाम्रो लक्ष्य हो,” उपप्रमुख दासले नगरसभामा भनिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!