हिपमत डटकम

मंगलबार, आषाढ ०३, २०८२ || 918  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले नगरका तीन जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ ।

आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहनुभएको छ । सम्मानित तिनै जनालाई नगद रु. ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

सम्मान कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘नगरका कृषकहरुलाई सम्मान गर्दा हौसला मिलोस्, ताकि भावी दिनमा अझ धेरै कृषकहरु खेती गर्न उत्साहित हुन् भनेर यसै वर्षबाट हामीले कृषकहरुलाई सम्मान गर्न सुरुवात गरेका हौं ।’

कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडा नं. २ का वडाध्यक्ष नैना राईले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सम्मानित तिनै जना कृषकहरुले आ–आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख सविना राईले गर्नुभएको थियो । सो कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका शाखा प्रमुख र कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!