भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गर्नुभएकोे छ । सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उहाँले बताउनुभयो । राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ । सामाजिक सन्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ “कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु । समस्याबाट चिन्ता लिन र भाग्न पर्दैन ।” प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छौ त्यही बस्न र कतै नजान आग्रह गरेको पनि उहाँले स्मरण गराउनुभएको छ । प्रधानमन्त्री मोदीको आग्रहलाई दोहो¥याउँदै मुख्यमन्त्री केजरीवालले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन आह्वान गर्नु भएको छ । बाहिर हिँड्दा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरातर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भन्नुभएको छ, “तपाइँहरु हिँड्नुभयो र भिड गर्नुभयो भने कोरोना विरुद्धको लडाइँ झन कठिन हुनेछ, त्यसैले घरमै बसेर सहयोग गर्नुहोला तपाइँलाई चाहिएका सबै सेवा र सामग्री हामी घरघरमै अवश्य ल्याइदिनेछौ ।” कामदारहरु गाउँ नर्फकिउन् भन्ने सरकारको चाहना रहेको पनि मुख्यमन्त्री केजरीवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!