हिपमत डटकम

मंगलबार, जेठ २१, २०८२ || 9069  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ ।

आज (मंगलबार) नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको हो ।

शिक्षा, युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिमको सहजकर्ताको भूमिका यमुना तिम्सिना र सुजता खनालले गर्नुभएको थियो ।

आयोजकका तर्फबाट सहजकर्ताद्वयलाई प्रशंसा पत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीको तर्फबाट सरस्वती आविकी योगमाया ढुंगानाले आफ्ना कुराहरु राख्नुभएको थियो । तालिममा सहभागीहरुले तालिम निक्कै फलदायी भएको र आफू कार्यरत विद्यालयमा भोलिबाटै लागू गर्ने सुझाउनुभयो । तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेका शाखा प्रमुख नविन खुलाल , नगर शिक्षा शाखाका प्रा.स. विना मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!