आइतबार, चैत्र १६, २०७६ || 812  पटक पढिएको

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ । आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोभिड–१९ को नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले गरेको निर्णय र तयारीका बारेमा प्रदेश प्रमुख पन्तलाई जानकारी गराउनुभएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय–सचिव शिवसिंह वलीले जानकारी दिनुभयो । शनिबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको ७०औँ मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिम, नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गरी सो कोषमा रु ४० करोड उपलब्ध गराउने, सेती प्रादेशिक अस्पतालमा कोरोना समेतको परीक्षण गर्ने गरी ल्याबको व्यवस्थापन गर्ने र डोटी तथा बैतडी जिल्लामा समेत ल्याब स्थापनाको कार्यलाई अगाडि बढाउने लगायतका निर्णयहरु गरेको थियो । बैठकले गरिबीको रेखामुनि रहेका र दैनिक ज्यालामजदूरीबाट आयस्रोत गुमेका वर्गलाई राहत प्याकेज उपलब्ध गराउने सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयले सङ्घीय सरकार तथा स्थानीय तहलाई समन्वय गर्ने गरी कार्य अगाडि बढाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!