पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा विपद् तथा जलवायु उत्थानशील योजना निर्माणका लागि वडा स्तरीय छलफल कार्यक्रम २०८२ सम्पन्न भएको छ ।

आज पथरी शनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा नगरपालिकाको सभाहलमा वडा स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. १ को वडाध्यक्ष भीम कुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यपालिका सदस्य विरध्वज शिवा, वडा सदस्यहरु आरती विश्वकर्मा, सुरेशकुमार कार्की, नगरका योजना शाखा प्रमुख शिव कुमार राई, व्यवस्थापन समितिका सदस्य सचिव सुरेन्द्र कुमार राई, वडाका जेष्ठ नागरिक, विद्यालयका प्रतिनिधि, बाल क्लबका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरु, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सहजीकरण हाम्रो कन्सल्टेन्सी प्रा.लि. पाँचथरका यस प्रसाद सुब्बाले गर्नुभएको थियो । छलफलद्वारा वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!