पथरी शनिश्चरे । कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ भने दोश्रो खेलमा ढुकुरपानी क्रीकेट क्लब बिजयी भएको छ ।

सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनको विशाल अन्तरले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २६३ रनको विशाल योगफल तयार गर्‍यो।

टीमका लागि सुरज न्यौपानेले ५१ बलमा १०८ रनको शतकिय पारी खेले। उनले शानदार ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। यस्तै, सोनु मण्डलले अबिजित ६८, महेश कार्कीले ४० र शिवम यादवले ११ रन बनाए। बलिङतर्फ सलकपुरका दीपेश राउत, निशान मगर र अशिम सुन्दासले समान १/१ विकेट लिए।

लक्ष्य भेटाउन मैदानमा ओर्लिएको सलकपुर १५ ओभर ४ बलमा अलआउट हुँदै १२१ रनमै समेटियो। सलकपुरका अनिश श्रेष्ठले ३६, ज्ञातव्य सुबेदीले २७ र श्रमण यादवले १९ रन बनाए।

आयोजक टोलीका शिवम यादव, अभिषेक लिम्बू र रावण राईले समान २/२ विकेट लिए भने सुरज न्यौपाने, मोहम्मद नूरी निशार र याम तिम्सिनाले १/१ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका आयोजकका सुरज न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब झापा विजयी

झापाली टोलीले दुर्गापुरी क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको दुर्गापुरीले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९५ रन बनायो। दुर्गापुरीका लागि अमित राईले २४, मंगलसिंह लिम्बूले १८ र समीर भट्टराईले ११ रनको योगदान गरे। ढुकुरपानीका बलरहरू प्रभावशाली देखिए। दीपेश दाहाल र रबिन यादवले समान ३/३ विकेट लिए भने प्रतीक पोखरेल, महेश दाहाल र प्रशान्त यादवले समान १/१ विकेट लिए।

९६ रनको लक्ष्य पछ्याएको ढुकुरपानीले १२ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। जितका लागि उत्सव यादवले ४५ रनको सशक्त पारी खेले भने दीपेश दाहालले १७ रन बनाए। दुर्गापुरीका बलरहरू पनि आक्रामक थिए। राजकुमार शहनी, आकाश खड्का, सुजन लिम्बू र सुमन लिम्बूले समान २/२ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका ढुकुरपानीका दीपेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल पञ्चध्वज क्रिकेट क्लब मोरङ र पथरीशनिश्चरे क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल केराबारी क्रिकेट क्लब मोरङ र दमक क्रिकेट क्लब झापा बीच हुनेछ।

पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रतियोगिता जेठ १८ गतेसम्म सञ्चालन हुनेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!