रामकुमार परियार

आइतबार, जेठ १२, २०८२ || 4779  पटक पढिएको

पथरी । इलाका प्रहरी कार्यालय पथरीले समुदाय-प्रहरी साझेदारीलाई सशक्त बनाउन थालेको LRP (Long Range Patrol) गस्तीलाई निरन्तरता दिएको छ ।

आज (आईतबार) प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको नेतृत्वको LRP टोलीले पथरीबाट शनिश्चरे, कीर्तिपुर हुँदै हसन्दह आएर स्थानीय संग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

गस्तीको क्रममा हसन्दहस्थित अस्थायी प्रहरी चौकीमा स्थानीयवासी, समाजसेवी, कृषक, सञ्चारकर्मी लगायतसँग भेटघाट र अन्तर्क्रिया गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीयले गाउँमा देखिएका विविध समस्या तथा सुरक्षासम्बन्धी चासोहरु प्रहरी समक्ष राखेका थिए ।

प्रहरी निरीक्षक एक्तेनले यस्ता गस्ती तथा समुदायसँगको प्रत्यक्ष अन्तर्क्रियाबाट प्रहरी र जनताबीचको दूरी घट्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रहरी जनताको साथी हो भन्ने भावनालाई व्यवहारमा उतार्न हामी यस्ता गस्ती र संवादलाई प्राथमिकता दिइरहेका छौँ।”

इलाका प्रहरी कार्यालय पथरीले समय-समयमा यस किसिमका लामो दुरी गस्ती गर्दै आएको छ, जसले ग्रामीण क्षेत्रको सुरक्षामा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!