उर्लाबारी । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भवनको शिलान्यास गरिएको छ । सोमबार नेपाल सरकार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजम्बर राई, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, पूर्व सांसद गुरु बराल, पूर्व सांसद घनश्याम खतिवडा, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राई, उर्लाबारी नगरपालिकाकी कार्यबाहक प्रमुख मिना खतिवडा पौडेल, लक्ष्मी भण्डारी, लगायत विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले निर्माणको काम समयमै सम्पन्न गरेर समाजसेवाको भावनालाई पुष्टि गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे। त्यसैगरि कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल सरकार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका सांसदहरू उमाकान्त गौतम र शोभा पालुङ्गाले योजना ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै, योजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने र आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

मदन भण्डारी अस्पताल २०४९ साल चैत्रमा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई २०७२/७३ मा १५ शैयाको र २०७७ साल साउनमा ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको हो। अस्पतालले हालसम्म वैराग्यसेवा अन्तर्गत १ लाख १० हजार ८ सय ७८ जनालाई सेवा दिइसकेको छ। जसमध्ये ९७ हजार ५ सय ४२ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध थिए। त्यस्तै, आईपिडी सेवा अन्तर्गत १ हजार ७ सय २५ जना, आकस्मिक सेवा अन्तर्गत ७ हजार ८९ जनाले सेवा लिएका छन्।

सर्जरी सेवामा समेत सक्रिय अस्पतालले १ हजार ६ सय ७६ जनाको मेजर र माइनर सर्जरी गरिसकेको छ भने ल्याब परीक्षण ४ लाख ५३ हजार ८ सय ५२ पटक, एक्सरे २३ हजार ६ सय १७ पटक, युएसजी १४ हजार १ सय ७३ पटक, ईसिजी ६ हजार ७ सय ९२ पटक, डेन्टल सेवा ४ हजार ६ सय ७६ पटक र इको सेवा ३ हजार ४ सय ६२ पटक प्रदान गरिएको छ।

६० शैयाभन्दा बढी क्षमताको यस अस्पतालमा अर्थोपेडिक सर्जरी, इन्टरनल मेडिसिन, जनरल सर्जरी, डेन्टल सर्जरी, गाइनोकोलोजी, प्याथोलोजी लगायतका विभागका विशेषज्ञ चिकित्सक रहेका छन भने आईसीयू, सिटी स्क्यान लगायत अत्याधुनिक सेवा उपलब्ध छन्।

१४ करोड ५७ लाख ५७ हजार १ सय १४ रुपैयाँ अनुमानित लागतमा निर्माण हुने नयाँ भवनबाट पूर्वी क्षेत्रका सेवाग्राहीले अझ गुणस्तरीय सेवा पाउने विश्वास गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रवि कुमार शाहले जानकारी दिए।
कार्यक्रम सञ्चालकको भूमिका सञ्चारकर्मी घनश्याम भण्डारीले निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!