हिपमत डटकम

सोमबार, जेठ ०६, २०८२ || 2239  पटक पढिएको

मोरङको पूर्वी भेगमा केही दिनदेखि लगातार परिरहेको पानीका कारण मकै खेती गर्ने किसानहरू चिन्तित भएका छन्। रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायतका क्षेत्रका किसानहरूको मुख्य नगदे बालीको रूपमा रहेको मकै खेतीमा उनीहरू मारमा परेका हुन्।

पछिल्लो केही वर्षयता किसानहरूले गहुँ खेतीभन्दा मकै खेतीमा मेहनत अनुसार राम्रो आम्दानी हुने देखेकाले मकै खेतीप्रति आकर्षित हुन थालेका थिए। यस भेगका ९५ प्रतिशत किसानले नगदे बालीको रूपमा मकै खेती सुरु गरेका थिए। किसानहरूले खेतीका लागि पर्याप्त मात्रामा सरकारबाट समयमै रासायनिक मल नपाउँदा भारत तथा नेपालका विभिन्न स्थानबाट दुःख गरेर महँगो मूल्यमा मकैको बीउ र मल खरिद गरी मकै खेती सुरु गरेका थिए।

मेहनत र परिश्रम गरेर मकै खेती राम्रो भए पनि बाली भित्र्याउने समयमा मौसमले साथ नदिँदा किसानहरू ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्थामा पुगेका छन्। केही साताअघि मौसम राम्रो देखेर किसानहरूले ज्यामी लगाएर मकै टिप्न लगाए। घरआँगनमा ल्याएर केही किसानले मकै समेत माडेर सुकाएर बाली भित्र्याउने क्रममा अहिले सडकमा उनीहरूले दिनभरि सुकाउने र रातभरिको अविरल वर्षाका कारण सडकमै भिजेर उठाउन समेत नपाएपछि धेरै मकै पानीले भिजेर गन्हाउन थालेको किसानहरूले बताएका छन्।

वर्षाका कारण अहिले किसानहरूको ८० प्रतिशत मकै खेतमै बिग्रने अवस्थामा पुगेको स्थानीय दुलार्चन सहनीले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!