हिपमत डटकम

आइतबार, जेठ ०५, २०८२ || 1396  पटक पढिएको

महोत्तरी।औरही नगरपालिका-४ कठुधारबाट स्रोत नखुलेको रकम ८ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा साम्सी गाउँपालिका-७ बस्ने २५ वर्षीय रवि साह र भारत सितामढी कनवा बस्ने २० वर्षीय रितेश साह रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!