बीरेन्द्रकुमार साह

आइतबार, जेठ ०५, २०८२ || 380  पटक पढिएको

बिराटनगर । ‘उज्यालो बुढीगंगा’ अभियान अन्तर्गत बुढीगंगा गाउँपालिकाले विभिन्न चौकहरूमा स्ट्रिट लाइट जडान कार्य तीव्र बनाएको छ। हालै गंगा चौकमा अत्याधुनिक स्ट्रीट लाइट जडानसँगै दुर्घटना न्यूनीकरण र सुरक्षाका लागि गाउँपालिका सक्रिय देखिएको छ।

यसअघि नेमुवा पुलिस चौकी चौक, नेमुवा चौक र बाँसबारी चौकमा पनि स्ट्रीट लाइट जडान गरिसकिएको गाउँपालिका स्रोतले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष जितु थापा मगरले यस अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो। “रातको समयमा यात्रु तथा स्थानीयवासीलाई सुरक्षित आवागमनको वातावरण बनाउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो।

स्थानीय बासिन्दाले स्ट्रीट लाइटको व्यवस्था भएपछि राति हिँड्न र सवारीसाधन चलाउन सहज भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!