रबिन्द्र बराल

शुक्रबार, जेठ ०३, २०८२ || 2102  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका-९ स्थित दाेहमना बजारमा बिहीबार एक कार्यक्रम आयाेजना गरी आँखा शिविर सम्पन्न भएको छ। प्रत्येक आइतबार र बिहीबार लाग्ने हाटबजारलाई मध्यनजर गर्दै आँखा अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हाे।

बजार भर्न आउने आगन्तुकहरूलाई मध्यनजर राख्दै शिविर सञ्चालन गरिएको स्थानीय शेषराज राजवंशीले बताए। उनका अनुसार हटियाकाे समयमा शिविर सञ्चालन गर्दा उपचारका लागि धेरै जनाकाे उपस्थिति हुने भएकाले आफूहरूले आँखा अस्पतालकाे सहयाेगमा शिविर सञ्चालन गरेकाे उनले बताए।

शिविरमा विराट आँखा अस्पतालका सन्तोष यादव, आरती यादव, सञ्जिता खनाललगायतले सेवा दिएका थिए। शिविरबाट दाेहमना आसपासका १५५ जनाले आँखा जाँच गराउनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको मार्केटिङ मेनेजर सुमन बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!