विराटनगर।कोशी प्रदेशको प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन आउनु भएका प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले प्रदेश प्रहरी प्रमुख सहित जिल्ला प्रहरी प्रमुखहरुलाई प्रदेशमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनु भएको छ ।

वैशाख ३१ गते विराटगरको होटल एसियाटिकमा भएको सुरक्षा गोष्ठी सम्पन्न भए पश्चात प्रहरी महानिरीक्षक दिपक थापाले गोष्ठीमा उपस्थित प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की सहित कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई नेपाल प्रहरीको कार्य सम्पादन सम्झौता वमोजिम शान्ति सुव्यवस्था कायम गर्नअपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्यका साथ आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले लागूऔषधको प्रयोग तथा ओसार पसार, तस्करी एवम् गुण्डागर्दी, राजस्व चुहावट लगायतका गतिविधि नियन्त्रण गर्न सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन तथा प्रभावकारी अपराध अनुसन्धान, फैसला कार्यान्वयन, गुनासो व्यवस्थापन, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह, विपद उद्दार लगायतका कार्यमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने अभिप्रायले निस्वार्थ भावका साथ परिचालन हुन निर्देशन दिनु भएको छ ।

निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक भीम बहादुर दाहल, प्रहरी वरीष्ठ उपरीक्षक गोविन्द अधिकारी, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरनेपाल प्रहरी प्रदेश कार्यालय धराननेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीनेपाल प्रहरी राजमार्ग तथा सुरक्षा व्यवस्थापन कार्यालय इटहरीका प्रमुख सहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!