रामकुमार परियार

मंगलबार, बैशाख ३०, २०८२ || 866  पटक पढिएको

पथरीशनिश्चरे । बैशाख २० गते शुरु भएको नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी देविगञ्ज फुटबल क्लबले उचालेको छ ।

दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण फुटबल क्लबलाई ५–० ले हराउँदै फाईनल खेलेको देविगञ्जले आज सम्पन्न फाईनलमा प्रभात सामुदायिक फुटबल क्लबलाई पराजित गरेको हो । प्रभातले पहिलो सेमिफाइनलमा नाजरिन फुटबल क्लबलाई ४-० ले पराजित गरेको थियो ।

पथरी रंगशालामा आज सम्पन्न फाईनल खेलमा निर्धारित ७० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल टाईव्रेकरमा धकेलिएको थियो । टाईव्रेकरबाट समेत विजेताको टुंगो नलागेपछी सडन डेथमार्फत विजेताको चयन गरिएको हो ।

सडन डेथमा प्रभातका जर्सी नं ९ का खेलाडी दिपेन माझीको प्रहार देविगञ्जका गोलरक्षक विजय गुरुङले रोकेपछि देविगञ्जले उपाधी उचालेको हो ।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको खेलमा शुरूवातको तेस्रो मिनेटमै प्रभातका स्ट्राईकर घनश्याम चौहानले गोल गरेका थिए । देविगञ्जका गोलरक्षक विजय गुरुङको गल्तिको फाईदा उठाउँदै चौहानले पहिलो गोल गरेका थिए ।

खेलको २० औं मिनेटमा देविगञ्जका क्याप्टेन सन्तोष न्यौपानेले प्रभातका २ जना डिफेन्डरलाई छल्दै उत्कृष्ट गोल फर्काएर खेल बराबरी बनाएका थिए । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको खेलमा देविगञ्जका खेलाडीहरु मिक्चेन दास , सज्जल गुरुङ , भिषण राईले गोल गर्ने सुन्दर अवसरहरु पाए पनि गोल गर्न सकेनन । यस्तै प्रभातका युकेस तामाङ , दिपेन माझी , समीर याक्खाले गोल्स गर्ने अवसरहरु पाए पनि गर्नबाट चुकेका थिए ।

दोस्रो हाफमा देविगञ्जले आक्रमक शैली अपनाउँदै प्रभातलाई दवाबमा राखेको थियो । ६२ औं मिनेटमा देविगञ्जका खेलाडीले गरेको प्रहार पोल माथिबाट बाहिरिएको थियो भने ६६ औं मिनेटमा प्रभातका क्याप्टेन सौरभ राउतको प्रहार देविगञ्जका गोलरक्षकले रोकेका थिए ।

निर्धारित समयमा विजेताको चयन हुन नसकेपछि भएको टाईव्रेकरमा ५-५ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो ।विजेता र उपविजेताले क्रमशः नगद रु १ लाख र ५० हजार राशी सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

फुटबल प्रतियोगिताको समापन संगै आयोजित महोत्सव समापन कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्बापो , उपप्रमुख देविमाया काफ्ले , प्रमुख प्रशासकीय अधिकृत ससि राई , विभागिय प्रमुखहरु , कार्यपालिका सदस्यहरु , वडा अध्यक्षहरु , स्थानीय राजनीतिक प्रतिनिधिहरु , संघसंस्थाका प्रतिनिधिहरु , ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन विक्रम दहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!