रामकुमार परियार

शुक्रबार, बैशाख २६, २०८२ || 4298  पटक पढिएको

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकामा जारी खेलकुद महोत्सवमा सहभागीताका लागि अनुबन्ध भई खेलमा सहभागी नहुने एक खेलाडी निलम्बनमा परेका छन् ।

नगरको खेलकुद विकास समितिले आज एक सूचना जारी गर्दै पथरीशनिश्चरे वडा नं ५ का फुटबल खेलाडी सनम धिमाललाई निलम्बन गरेको हो ।

नगर खेलकुद विकास समितिका संयोजक दिपक राईद्वारा हस्ताक्षरित सूचनामा सिरिजंगा स्पोर्टिङ क्लबबाट रु ५००० लिएर अनुबन्ध भईसकेका धिमालले देविगन्ज फुटबल क्लबबाट समेत पैसा लिएर अनुबन्ध भई सम्पर्क विहिन भएको जनाईएको छ ।

सुचनामा बैशाख २५ गते बसेको नगर खेलकुद विकास समितिको बैठकको निर्णयअनुसार धिमाललाई १ वर्षसम्म नगरभित्र सञ्चालन हुने कुनैपनी किसिमको खेलकुद गतिविधिमा सहभागी हुन नपाउने गरि निलम्बन गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!