पथरीशनिश्चरे । नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको खेलकुद महोत्सवमा आजदेखी कराँते प्रतियोगिताका खेलहरु शुरु भएको छ ।
वडा नं ७ स्थित बालकल्याण माविको प्राङ्गणमा शुरु भएको कराँते प्रतियोगितामा ६० जना प्रतिस्पर्धी रहेको आयोजकले जानकारी दिएको छ ।
यस प्रतियोगितामा पुरुष तर्फ १० स्वर्ण र महिला तर्फ ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने बताईएको छ । खेलमा पुरुषतर्फ २० केजीदेखि ५५ केजी तौल समूह र महिलातर्फ २५ केजी तौल समूहदेखि ४५ केजी तौलसम्म प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगितामा पथरी डोजो, कीर्तिपुर डोजो र किराँतेश्वर डोजोबाट खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको पूर्ण नतिजा आजै आउने बताइएको छ । अहिलेसम्म सम्पन्न २० केजी समूहतर्फ रमेश ढकाल(प्रथम), अतीत घले(दोस्रो) र सचिन तामाङ(तेस्रो) भएका छन् ।