मंगलबार, मंसिर २४, २०७६ || 1825  पटक पढिएको

हिपमत डटकम
ईटहरी,मंसिर २४।

नेपाल आईडलको पहिलो सिजनमा प्रतिष्पर्धी भएर आम संगीतप्रेमी दर्शकहरुको माझ लोकप्रिय भएका निशान भट्टराईले एक पछि अर्को हिट गितहरु सार्बजनिक गरिरहेका छन् । निक्कै फुर्तिला निशान गाउने मात्र हैन आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्न समेत अघि सर्छन । हाल छायांकन हुदै गरेको उनको अर्को गीतमा पनि उनि आफै अभिनयमा उत्रेका छन् ।
अहिले उनले आफ्नो स्वरमा ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो सार्बजनिक गर्ने तयारि गरिरहेका छन् । जसको यतिबेला धमाधम छायांकन भैरहेको उनले हामीलाई बताए । सो गीतमा सब्द तथा संगीत प्रसान्त पौडेलको रहेको छन् भने भिडियोलाई सम्पादन तथा निर्देशन प्रविन भट्टले गर्दैछन् ।

नेपाल आईडलको यात्रा पछि उनले धेरै गीतहरु गाईसकेका छन्अ भने नेपालि फिल्मका गीतहरुमा पनि उनले स्वर भरेका छन् । जुन गीतहरु लोकप्रिय बनिसकेका छन् । नेपाल आइडल पहिलो सिजनको सेकेन्ड रनरअप निशानले सार्बजनिक गर्न लागेको गीत तथा भिडियोमा एउटा आर्मीले आफ्नो देशको निम्ति गरिएको बलिदान, त्याग र तपस्याका साथै आफ्नो जिबनमा भोग्नु परेको भोगाइ, दुख, कस्ट आदि कथा बस्तुलाई समेटिएको उनले जानकारी गराए ।

उनले सो म्युजिक भिडियोका लागि तयारि गरिएको आफ्नो गेटअप तथा लुक्सलाई पनि आफ्नो फेसबुकमा सार्बजनिक गरेका छन् । जसमा उनि सिरुपाते जुंगामा ढलक्क छन् भने आर्मीको भेषमा हतियार बोकेर उभिएका छन् । उनलाई भिडियोमा रिचा न्यौपानेले अभिनयमा साथ् दिएकि छन् । छिट्टै सार्बजनिक गरिने सो गीतको भिडियोलाई अनिल के. मानन्धरले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!