रबिन्द्र बराल

बिहिबार, बैशाख १८, २०८२ || 440  पटक पढिएको

रंगेली । मोरङको रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलाहरूलाई लक्षित गर्दै पहिलोपटक ३ महिने मन्टेश्वरी कक्षाकाे तालिम सन्चालन गरेको छ ।

तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरु सहभागी भएका छन् । नगरले सन्थाल समुदायका छाेरीहरुले राम्रो शिक्षा प्राप्त गरेता पनि उनिहरु घरमै बसेर आफ्नो दिन बिताउदै गर्ने गरेकाे हुनाले साेहि समुदायलाई लक्ष्य गरेर तालिम सन्चालन गरेकाे हाे ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडा अध्यक्ष भरत प्रसाईं , रामचन्द्र मण्डल लगायतले तालिमको अनुगमन समेत गरेका छन् । तालिमले सन्थाल समुदायका महिलाहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई शिक्षाको क्षेत्रमा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ । उक्त तालिम एक महिनासम्म सन्चालन हुने तालिम असार १५ गते सम्पन्न हुने बताईएको छ । तालिम श्री रत्न माध्यमिक विद्यालयमा भईरहेकाे छ । यो तालिमकाे आयोजना समाजिक विकास मन्त्रालय कोशी प्रदेशद्वारा गरिएको हाे ।

मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ्ग सेन्टरका भावना खवार ले तालिम दिलाई रहेकिछिन। रंगेली नगरपालिका मेयर दिलिप बगडियाले उक्त तालिम पछि नगर भित्रका सामुदायिक बिधालयमा समेत मन्टेश्वरी कक्षा सन्चालन हुने र तालिम पछि उनिहरुलाई राेजगारी दिलाउन आफुले पुर्णरुपमा सहयोग गर्ने बताए । तालिममा सन्थाल समुदायका एसईईदेखि ब्याच्लर सम्मकाे अध्यन गरेकाे सहभागीहरु देखेपछि आफू निकै खुशि भएको र तालिम पछि सहयोग समेत गर्ने मेयर बगडियाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!