पथरी शनिश्चरे । उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ (Portable X-Ray with AI) शिविर सञ्चालनको लागि अभिमुखीकरण तथा स्वयंसेवक छनौट र शिविर सञ्चालन तथा पूर्व तयारी बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवि माया काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा जगत प्रसाद मगरले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । यसैगरी वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले आफ्ना भनाइ राख्नुभयो भने नगरका सिअहेव एकराज खत्री, क्षयरोग संयोजक मुकेश पौडेलले क्षयरोग सम्वन्धी आफ्ना भनाइहरू राख्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा वडाध्यक्षहरू भीम राई, नैना राई, उद्धवराज बस्नेत, नगरका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरु र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
अभिमुखीकरणसँगै क्षयरोग स्क्रिनिङ शिविर सञ्चालनको लागि वडा नं. ५ को स्वास्थ्य चौकी हसन्दह, वडा नं. ४ को वडा कार्यालय र वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्रलाई छनौट गरिएको छ । वैशाख १९ गते हसन्दह स्वास्थ्य चौकी, वैशाख २० गते वडा नं. ४ को कार्यालय र वैशाख २१ गते वडा नं. १ को आधारभूत स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।