मंगलबार, मंसिर २४, २०७६ || 1200  पटक पढिएको

हिपमत डटकम
ईटहरी,मंसिर २४।

दर्शकको मनमा बस्न सफल चलचित्र ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको अहिले छायांकन चलिरहेको छ । यो चलचित्र छायांकनमा जानुभन्दा अगावैदेखि विभिन्न कारणले चर्चामा थियो । त्यो अझै पनि जारी छ । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । भने, उनको अपोजिट अर्थात् ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ छिन् ।

तीन करोडको लागतमा बन्ने चलचित्रको इनडोर छायांकनका लागि निर्माण टिमले काठमाडौंको कीर्तिपूरमा भव्य सेट खडा गरेको थियो । त्यहाँ चलचित्रको करीब आधा छायांकन गरिएको छ । हालै चलचित्रको जम्बो टिम बाँकी छायांकनका लागि मनाङ पुगेको छ । यसबीच, निर्माण टिमले चलचित्रका दुई बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
चलचित्रमा अनुभव अभिनेता प्रदीपको बाल्यकाल अर्थात् ‘प्रेम’ को भूमिकामा रहेका छन् । भने, योगीशालाई अभिनेत्री क्रिस्टिनाको बाल्यकाल अर्थात् ‘गीत’ को भूमिकामा देख्न पाइनेछ । एउटा पोस्टरमा अनुभव र योगीशाको प्रेम देखाइएको छ । भने, अर्को पोस्टरमा अनुभव मात्र फिचर्ड छन्, जसमा उनलाई सोचनीय मुद्रामा देख्न सकिन्छ । उनको गेटअप निकै भिन्न छ ।

यो चलचित्रमा शिव श्रेष्ठ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरिरहेका छन् । ‘प्रेमगीत ३’ डेढ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!